नियम १६३
तालीम भत्ता
: अनिवार्य आधारभूत र विशिष्टीकृत सेवाकालीन तालीमका प्रशिक्षार्थीहरूलाई तालीमको अवधिमा मासिक पाँच सय रूपैयाँमा नबढाई तालीम भत्ता दिइनेछ । यस्तो तालीम एक महिनाभन्दा कम अवधिको भएमा दामासाहीले उपलब्ध गराइनेछ ।